16, May, 2024

दलको बैठकमा सभापति शेरबहादुर देउवाले भने, ‘तस्करी रोक्न कर लगाएर सुनको आयात खोल्नुपर्छ’

Bagmati Voice
संवाददाता
२९ श्रावण २०८०, सोमबार १४:२९ | ९ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सुनमा कर लगाएर आयात खोल्नुपर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सुनको आयात खोल्नुपर्ने राय राखेका हुन् ।

उनले बैठकमा भने, ‘कर लगाएर सुन आयात खोल्नुपर्छ । आयात खुला नहुँदा तस्करी मौलाएको छ । यसको दीर्घकालीन समस्या समाधानको लागि आयात खोल्नुपर्छ ।’

सुन तस्करी प्रकरणलाई लिएर कांग्रेस बैठकमा चर्को बहस छ । छानबिनको लागि नेताहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका छन् ।

२९ श्रावण २०८०, सोमबार १४:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading