वि.सं.२०८३ भदौ १२ शुक्रवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको खर्च झण्डै १ करोड

khanepani

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भारत भ्रमणका बेला सहभागी प्रतिनिधिमण्डलको भ्रमणका दौरान राज्यकोषबाट झण्डै एक करोड रुपैयाँ खर्च भएको छ ।

अर्थ मन्त्रालयका अनुसार भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्रीसँग सहभागी प्रतिनिधिमण्डलको भ्रमण खर्चवापत ९५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ ।

असार २०८० मा अर्थले विशिष्ट व्यक्तिको भ्रमण खर्चवापत सो रकम खर्च भएको जानकारी दिएको छ ।

मन्त्रिपरिषद्को १५ जेठको बैठकले यो खर्च स्वीकृत गरेको थियो ।

प्रचण्ड १७ जेठमा भारत भ्रमणका लागि प्रस्थान गरेका थिए । उनको भ्रमण टोलीमा मन्त्रीहरुसहित जम्बो टोली सहभागी थियो ।

ranechhap