16, May, 2024

सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि सहयोग गर्न तयार छु : कृष्णबहादुर महरा

Bagmati Voice
संवाददाता
१८ श्रावण २०८०, बिहीबार ०९:२६ | ९ महिना अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।

केही दिनदेखि सुन प्रकरणसँग जोडेर आफ्नो नाम आएको उल्लेख गर्दै उनले भने, ‘यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँ सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु ।’

उनले आवश्यक परे सहयोगका लागि निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

अनावश्यक भ्रममा नपर्न उल्लेख गर्दै उनले भनेका छन्, ‘आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’

१८ श्रावण २०८०, बिहीबार ०९:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading