17, May, 2024

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

Bagmati Voice
संवाददाता
१८ श्रावण २०८०, बिहीबार ०७:५६ | ९ महिना अगाडी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।

कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा बुधबारदेखि सुरु भएको बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राख्नेछन् ।

बैठक सुरू भएको पहिलो दिन नै १८ जनाले धारणा राखेका थिए । बैठकमा हरेक केन्द्रीय सदस्यलाई पाँच/पाँच मिनेट समय दिइएको छ ।

बैठकमा खासगरी समसामयिक राजनीतिक विषय, विधान सम्मेलन, सरकारको कामकारबाहीको वियमा छलफल भइरहेको छ ।

केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदसदस्यहरू, आयोगका पदाधिकारी, प्रदेश पदाधिकारी सहभागी भएको बैठकमा पहिलो दिन बुधबार अध्यक्ष प्रचण्डले मौखिम प्रतिवेदन पेस गरेका थिए ।

१८ श्रावण २०८०, बिहीबार ०७:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading