16, May, 2024

माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश

Bagmati Voice
संवाददाता
१७ श्रावण २०८०, बुधबार १६:१८ | ९ महिना अगाडी

काठमाडौं । माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहँदा केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश संगठन कमिटी सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमाले प्रवेश गरेका हुन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच अध्यक्ष ओलीलगायतका नेताले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।

१७ श्रावण २०८०, बुधबार १६:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading