15, May, 2024

नेकपा माओवादी बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने

Bagmati Voice
संवाददाता
१७ श्रावण २०८०, बुधबार ११:३६ | ९ महिना अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार विधान अधिवेशन मंसिरतिर र विशेष महाधिवेशन चैतभित्र गर्ने प्रस्ताव छ । यद्यपि केन्द्रीय समिति बैठकले त्यो मितिलाई अन्तिम टुंगो लगाउने छ ।

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवन कमलादीमा आजदेखि सुरु हुँदै छ । सो बैठकले विधान अधिवेशन र विशेष महाधिवेशनको मिति टुंगो लगाउने छ ।

केन्द्रीय समिति बैठक अघि आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकमा महासचिव देव गुरुङले बैठकका एजेण्डाबारे जानकारी गराएका थिए । सो एजेण्डामा विधान अधिवेशन र विशेष महाधिवेशनको समेत प्रस्ताव छ ।

१७ श्रावण २०८०, बुधबार ११:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading