15, May, 2024

सत्तारूढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

Bagmati Voice
संवाददाता
१७ श्रावण २०८०, बुधबार ०८:४२ | ९ महिना अगाडी

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ ।

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि बैठक बसेको हो ।

बिहान ११ बजे बस्ने बैठकका लागि पदाधिकारीको बैठकले एजेन्डालाई अन्तिम रुप दिनेछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने माओवादीले तयारी गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्ने छ ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुने छन् ।

१७ श्रावण २०८०, बुधबार ०८:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading