15, May, 2024

सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थित गर्न सांसद प्रदीप पौडेलको माग

Bagmati Voice
संवाददाता
१६ श्रावण २०८०, मंगलवार १३:०१ | ९ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेलले सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए ।

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्नेमा पौडेलले जोड दिए । ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्‍याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी व्यवस्थापन हुने र त्यसले सो क्षेत्रलाई डुबानबाट बचाउन सहिने उनको भनाइ थियो ।

जेठ मसान्तअघि सो क्षेत्रमा ढल व्यवस्थापन गरि पानी विष्णुमतिमा पुर्‍याउने काम भइरहे पनि असार पछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएको भए पनि त्यसतर्फ धयान नपुगेको उनले गुनासो गरे ।

बाटोनै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँडेदाहिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तिव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए ।

चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दै पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे । ढल बग्ने गरि ‘खाल्डो खनेर ह्युम पाइप अस्थायी रुपमा राख्ने वयवस्थापन तत्काल गरियोस्,’ पौडेलले भने, ‘बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस् । म यहि अनुरोध गर्न चाहन्छु ।’

१६ श्रावण २०८०, मंगलवार १३:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading