04, Oct, 2023

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार राति आगलागी हुँदा ६० लाखको क्षति

बागमती भ्वाइस न्युजडेस्क
१४ श्रावण २०८०, आईतवार १०:०१ | २ महिना अगाडी

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार राति आगलागी भएको छ ।

राति करिब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-८ को अनामनगरस्थित जीएस आटो पार्टसमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको जानकारी दिए ।

उनकाअनुसार विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका थिए ।

उक्त अटो पार्टस कैलारी गाउँपालिका-४ का सुरज चौधरीले सञ्चालन गर्दै आएका थिए ।

१४ श्रावण २०८०, आईतवार १०:०१ मा प्रकाशित