29, Apr, 2024

नेकपा संसदीय दल विभाजन गर्ने प्रचण्ड माधव पक्षको निर्णय

Bagmati Voice
संवाददाता
२१ फाल्गुन २०७७, शुक्रबार १५:५७ | ३ साल अगाडी

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई पुनः चयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनपछि बसेको सो पक्षको बैठकले एकपटक दाहाललाई नेता चयन गरिसकेको थियो ।

आज फेरि झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकमा दलको नेता चयनको एजेण्डा ल्याइएको छ । नेकपा कानुनी रुपमा विभाजित नभएको र दलको नेता केपी ओली नै रहेकाले प्रचण्डलाई पुनः दलको नेता चयन गरेर औपचारिक रुपमा दल विभाजनको प्रक्रियामा जान लागिएको प्रचण्ड माधव पक्षका नेताहरुले बताएका छन् ।

दल विभाजनको प्रक्रिया टुंगिएपछि संघीय संसद सचिवालयलाई जानकारी दिने तयारी छ । दलका नेता केपी ओलीले शनिवार प्रचण्ड माधव पक्षलाई समेत दलको बैठकमा बोलाएका छन् ।

२१ फाल्गुन २०७७, शुक्रबार १५:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading