वि.सं.२०८३ वैशाख २० आइतवार

नेता केसीले भने, ‘कांग्रेस प्रतिपक्षी भूमिकामै रहनुपर्छ’

khanepani

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले कांग्रेसलाई जनताले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकोले कांग्रेस सत्तामा जान हतारिन नहुने बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले नेपाल कम्युनिस्ट पार्टी नेकपा को कुनै एक पक्षलाई सर्मथन गरेर कांग्रेस विपक्षमा नै बसेर आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताए ।

नेता केसीले बताए,अहिले हामी सत्तामा जान उपयुक्त छैन, कम्युनिस्ट सरकारले गरेका विभिन्न काण्डहरुको हिस्सेदारी बन्न सत्तामा जानु हुँदैन, विपक्षमा नै बसेर प्रतिपक्षी भूमिकामै रहनुपर्छ ।’

पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद नमाग्ने पाए नछोड्ने बताइसकेको अवस्थामा तपाईंहरुले रोक्न सक्नुहुन्छ त भन्ने पत्रकाहरुको प्रश्नमा नेता केसीले भने,विधिवत रुपमा नेकपा फुटिनसकेको, कानुनी र प्राविधिक रुपले एक भएकोले औपचारिक विभाजन पछि एउटा पक्षलाई सहयोग गरेर अर्को निर्वाचनको तयारी गर्नुपर्छ, पार्टीले निर्णय गर्न बाँकी छ, सत्तामा जाँदा त्यसलाई जनताले राम्रो मान्दैनन् । ’

नेता केसीले कांग्रेसको आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

ranechhap