काठमाडौं । बलिउड कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन पनि कोरोनाबाट संक्रमित भएका छन । दुबैजनालाई मुंबईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।
अभिषेक बच्चनले आफनो पर्सनल टुवीटर एकाउन्टबाट आफुलाई र आफना पितालाई कोरोना पोजेटीव देखिएको जानकारी गराएका छन । उनले आफुहरुलाई सामान्य लक्षण देखापरेको र चेकजाँच पछि रिर्पोट पोजेटिभ आएको बताएका छन । कलाकार अभिषेकले आफुहरु अस्पतालमा भर्ना भैसकेको र आफना परिवारका सम्पुर्ण सदस्यहरुलाई पनि कोरोना टेस्ट गराईएको जानकारी दिएका छन ।
उनले आफना शुभचिनतकहरुलाई छिटैं निको भएर घर फर्किने आशा राख्दै धेरै चिन्ता नलिन पनि आग्रह गरेका छन ।