वि.सं.२०८३ भदौ १४ आइतवार

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकको मासिक न्यूनतम तलब २५ हजार पुर्‍याउन माग

khanepani

विराटनगर । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमिकको मासिक न्यूनतम पारिश्रमिक २५ रुपैयाँ पुर्‍याउन माग गरेको छ ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापन समेत नचल्ने अवस्था आएको भन्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब बढाउन माग गरेको हो ।

जेटियुसीसी कोशी प्रदेशले श्रमिकको न्यूनतम तलब मासिक २५ हजार रुपैयाँ नपुर्‍याए आन्दोलनमा गर्ने चेतावनी दिएको छ ।

श्रमिकहरूको पारिश्रमिक वृद्धि नगरे कोशी प्रदेशमा चरणबद्ध रूपमा आन्दोलनमा उत्रिने समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार रायले सम्पूर्ण क्षेत्रको श्रमिकहरूको पारिश्रमिक अविलम्ब वृद्धि गरिनुपर्ने बताए ।

जेटियुसीसी कोशी प्रदेशका अध्यक्ष धमलाले महङ्गीका कारण श्रमिकहरूको जीवन चलाउन कठिन बनेको भन्दै २५ हजार पुर्‍याउन रोजगारदाता र सरकारको ध्यानाकर्षण गराइएको बताए ।

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार तोकेको छ । सरकारले तोकेको परिश्रमिक अनुसार श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् ।

श्रमिकले न्यूनतम पारिश्रमिक ९ हजार ३८५ मा महँगी भत्ता ५६१५ थप गरी १५ हजार रुपैयाँ पाउँछन् । यसका अतिरिक्त श्रम ऐनअनुसार सञ्चयकोष, उपदानसहितका सुविधा पनि उद्योग, प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने हुन्छ । यही पारिश्रमिकसमेत कतिपय रोजगारदाताले लागू गरेका छैनन् ।

ranechhap