वि.सं.२०८३ भदौ १२ शुक्रवार

नेकपा एस सचिवालय बैठक- पार्टी छाडेर गएकाको ठाउँमा नयाँलाई ल्याइने

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक सुरू भएको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

पार्टी छाडेर गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिनबारे पनि छलफल हुने बताइन्छ । नेकपा एस छाडेका चुडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो ।

नेकपा एसका पछिल्लो सयम असन्तुष्टि बढ्दो छ । नेतृत्वप्रति असन्तुष्टि जनाउँदै एकपछि अर्को गर्दै नेताहरू एमाले र नयाँ दलतिर गइरहेका छन् ।

ranechhap