वि.सं.२०८३ भदौ ११ बिहीवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

khanepani

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदैछन् । उनी बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिदैछन् ।

लू दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

साथै, अमेरिकन चेम्बर अफ कमर्सका प्रतिनिधिसँग पनि सामूहिक भेटघाट गर्नेछन् ।

उनी केही दिनयता भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्किएका थिए । यसअघि २०७९ साउन दोस्रो साता नेपाल आएका लूको नेपालका लागि यो तेस्रो भ्रमण हो ।

ranechhap