वि.सं.२०८३ भदौ १० बुधवार

बाघको आक्रमणबाट च्याउ टिप्न जंगल गएकी महिला २५ वर्षीया बिन्दु डगौंरा घाइते

khanepani

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा बाघको आक्रमणबाट घाइते भएकी छन् ।

बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले बताए । घाइते भहिलाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।

‘सबैले हो-हल्ला गरेपछि बाघ भागेर डगौंराको ज्यान जोगियो’ । आँखा र टाउकोमा चोट लागेको छ ‘, वडाध्यक्ष रानाले भने ।

यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको मृत्यु भएको थियो ।

ranechhap