वि.सं.२०८३ भदौ १२ शुक्रवार

पोखरा महानगरपालिका- १३ ले भोलिदेखि वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने

khanepani

काठमाडौं । पोखरा महानगरपालिका- १३ ले भोलि देखि एम्बुलेन्स सेवाको सुरुवात गर्ने भएको छ । वडाबासीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले शुक्रबारदेखि सेवा सुचारु गर्न लागेको हो ।

वडाअध्यक्ष किरण बरालले शुक्रबारदेखि एम्बुलेन्स सञ्चालनमा ल्याइने जानकारी दिए । ‘वडाबासीलाई पोखराको जुनसुकै अस्पतालमा एम्बुलेन्सले निःशुल्क सेवा दिनेछ,’उनले भने ।

निर्वाचनका बेला गरिएका घोषणालाई कार्यान्वयन गर्न लागिएको बरालले बताए । बिरामी पर्दा बिरामीले सहजै उपचार पाउन भन्ने उद्देश्यले एम्बुलेन्स चलाउन लागिएको उनको भनाइ छ ।

ranechhap