वि.सं.२०८३ असार ११ बिहीवार

माल्टा पठाईदिन्छु भन्दै करिब ५ लाख ८५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी महिला पक्राउ

khanepani

काठमाडौं। माल्टामा आकर्षक रोजगारीमा पठाई दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिला पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाको पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन्।

ranechhap