वि.सं.२०८३ वैशाख २० आइतवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बोलाए बैठक

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार आज अपरान्ह ३ बजे सभापति देउवा निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक बस्दैछ।

‘सभापतिज्यूले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको छ,’ उनले भने।

कांग्रेसले शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो।
सभापति देउवाले चितवनमा बुधबार आयोजित कार्यक्रममा काँधमा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट नभाग्ने प्रतिक्रिया दिएका थिए।

ranechhap