29, Apr, 2024

स्कुटर दुर्घटनामा घाइते भएकी टिभी टुडेमा कार्यरत विना शाहीलाई उपचारका लागी प्रेस चौतारी कैलालीको सहयोग

Bagmati Voice
संवाददाता
१५ असार २०८०, शुक्रबार १०:४३ | १0 महिना अगाडी

कैलाली । स्कुटर दुर्घटनामा घाइते भएकी टिभी टुडेमा कार्यरत विना शाहीलाई प्रेस चौतारी नेपाल कैलालीले आर्थिक सहयोग गरेको छ ।

धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलमा उपचाररत शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि प्रेस चौतारीले सङ्गठनमा आबद्ध पत्रकार तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिबाट स्वतःस्फूर्त रूपमा संकलन भएको रकम हस्तान्तरण गरिएको हो ।

प्रेस चौतारी कैलालीका सचिव जनक विष्टले सहयोग स्वरूप संकलन भएको २७ हजार पाँच रुपैयाँ शाहीलाई हस्तान्तरण गरिएको जानकारी दिए । संकलित रकम कैलाली जिल्ला अध्यक्ष भानुभक्त आचार्यले शाहीका बुबा धिरेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारी कैलालीले पत्रकार शाहीका लागि थालेको सहयोग रकम संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । दुर्घटनामा परेकी शाहीको बायाँ खुट्टा भाँच्चिएको छ । उनको दुई चरणमा शल्क्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ । शाही दोस्रो अपरेशनका लागि अस्पतालमा पुन: भर्ना भएकी छन् ।

१५ असार २०८०, शुक्रबार १०:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading