29, Apr, 2024

कैलाली कांग्रेस कार्यालयमा तरुण दलले थाल्यो अनसन, सदस्य मनोनयनमा मनोमानी गरेको गुनासो

Bagmati Voice
संवाददाता
१५ असार २०८०, शुक्रबार ०८:३२ | १0 महिना अगाडी

कैलाली । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कैलाली कांग्रेस पार्टी कार्यालयमा रिले अनसन सुरू गरेको छ ।

केन्द्रीय समितिमा मनोनीत गर्दा एकलौटी र मनोमानी गरेको, तरुण दलमै नरहेकाहरूलाई मनोनीत गरेको भन्दै उनीहरूले अनसन थालेका हुन् ।

तरुण दलको मानमर्दन हुने गरी विधानविपरीत विभेदकारी सिन्डिकेट प्रथाद्वारा ल्याइएको तदर्थ समितिलाई यथाशीघ्र पुनर्गठनको मागसहित रिले अनसन सुरू गरेको नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले बताए ।

आन्दोलन, चुनाव तथा संघर्षमा आफूहरूलाई सम्झने र समिति गठन गरिँदा बेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।

आफ्ना मागहरू केन्द्रले सम्बोधन नगरे सुदूरपश्चिम प्रदेशभर नै अनसन थालिने अनसनकारीहरूको चेतावनी छ ।

१५ असार २०८०, शुक्रबार ०८:३२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading