16, May, 2024

कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित

Bagmati Voice
संवाददाता
१४ असार २०८०, बिहीबार १३:०२ | १0 महिना अगाडी

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक विशेष कारणवश हुन नसकेको भन्दै प्रदेशसभा सचिव जीवराम बुढाथोकीले सूचना जारी गरेका छन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिए ।

बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

१४ असार २०८०, बिहीबार १३:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading