काठमाडौ । काठमाडौ न्यायपरिषद्को बैठक आज बस्ने भएको छ।
सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न बैठक बस्न लागेको हो । यसअघि सोमबार बसेको बैठक न्यायाधीश नियुक्तिबारे कुनैपनि निर्णय नगरी सकिएको थियो।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।
सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश रिक्त छन्। आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्ने सम्भावना छ।








































