काठमाडौं । बुधबार सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । लगातार केहीदिनदेखि घटिरहेको नेपाली बजारमा सुनको मूल्य आज भने बढ्न पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासाघंका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तोलामा १७ सय रुपैयाँले गिरावट आउँदै ८७ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा तोलामा २५ रुपैयाँले वृद्धिहुँदै प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ ।









































