वि.सं.२०८३ भदौ ५ शुक्रवार

नेकपा एमाले कैलाली जिल्लाको अधिवेशन आउँदो मङ्सिर २२ र २३ गते हुने

khanepani

कैलाली । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आगामी मङ्सिर २२ र २३ गते हुने भएको छ ।

कैलालीको धनगढीमा सम्पन्न पूर्ण जिल्ला कमिटी बैठकले आगामी मङ्सिर २२ र २३ गते गर्ने जिल्ला अधिवेशन गर्ने निर्णय गरेको एमाले कैलालीका सचिव डेजी पाण्डेले जानकारी दिए ।

यसअघि २०७८ पुस २७ गते कैलालीको जिल्ला अध्यक्षमा रतन थापा निर्वाचित भएका थिए । उनी अहिले एमालेमा छैनन् । केन्द्रको सर्कुलरअनुसार कैलालीमा दुई वर्ष नपुग्दै पुनः अधिवेशन हुन लागेको हो ।

पूर्ण कमिटी बैठकले सङ्गठन विभागलाई पूर्णता दिने निर्णय गरेको थियो । आर्थिक विभाग र लेखा आयोगसमेत गठन गरिएको छ ।

ranechhap