वि.सं.२०८३ वैशाख २० आइतवार

प्रचण्ड माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु

khanepani

काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले स्थायी कमिटी बैठक पेरिसडाडाँमा शुरु भएको छ । केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसिरहेको हो ।

स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कमिटी बैठक पनि पेरिसडाडाँमा बस्दैछ । केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ ।

संसद् पुस्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएको हो । केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित यो समूहले बोलाएको छ । एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाएको हो ।

यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ । तर, आयोगले कुनै निर्णय दिएको छैन ।

ranechhap