वि.सं.२०८३ असार २१ आइतवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नीको शोक

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ ।

उच्च रक्तचाप, पक्षघातलगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान निधन भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनको, श्रीमान्, दुई छोरा र दुई छोरी छन् । दिवङ्गत चन्द राप्रपा नेता जयन्त चन्दकी आमा हुन् ।

दिव्यश्वरीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

ranechhap