वि.सं.२०८३ असार २१ आइतवार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडनलाई दिए हिरा उपहार

khanepani

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी फर्स्ट लेडी जिल बाइडनलाई प्रयोगशालामा बनाएको हिरा उपहार दिएका छन् ।

अमेरिकाको दिन दिने राजकीय भ्रमणमा रहेका मोदीले वातावरण मैत्री ७.५ क्यारेटको हिरा उपहार दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडन र उनकी पत्नी जिल बाइडनले मोदीको सम्मानमा ह्वाइट हाउसमा पार्टी आयोजना गरेका थिए । त्यै पार्टीमा उनीहरु ३ बीच विभिन्न विषयमा कुराकानी भयो र उपहार आदान प्रदान पनि ।

मोदीले प्रदान गरेको हिरा वातवरण मैत्री हिरा हो । किन कि यो बनाउन सौर्य उर्जा र वायु उर्जाको मात्र प्रयोग गरिएको छ ।

भारतले पछिल्लो समयमा प्रयोगशालामा उत्पादन गरिएको हिराको प्रवर्द्धन गरिरहेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

ranechhap