वि.सं.२०८३ असार १७ बुधवार

आगामी आर्थिक वर्षको बजेटबारे एकीकृत समाजवादीले आफ्ना मन्त्रीसँग छलफल गर्ने

khanepani

काठमाडौ । काठमाडौ आगामी आर्थिक वर्षको बजेटलाई लिएर नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूसँग छलफल गर्ने भएको छ। एकीकृत समाजवादीले आज दिउँसो २ बजे संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाएको बैठकमा पार्टीकातर्फबाट मन्त्री बनेकाहरूसँग बजेटमा के-कस्तो योजना समावेश गरे, मन्त्रालयगत बजेटको अवस्था के छ ? भनेर छलफल गर्न लागिएको पार्टीका उपाध्यक्ष तथा सांसद राजेन्द्र पाण्डेले जानकारी दिए।

‘पार्टीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्नुभएको प्रकाश ज्वाला र कृषिमन्त्री बेदुराम भुसालसँग छलफल कार्यसूची रहेको,’ उनले भने, ‘अर्को बजेट असाध्यै असन्तुलित ढंगले आएको छ। यसबारे पनि हामी छलफल गर्छौं।’

भौतिक पूर्वाधारको बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको गोरखा, अर्थमन्त्री प्रकाशशरण महतको गृहजिल्ला नुवाकोट र कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डँडेलधुरामा एकोहोर्‍याइएको भन्दै एकीकृत समाजवादीका सांसद रूष्ट बनेका छन्।

उपाध्यक्ष पाण्डेले बजेट अन्तन्तै असन्तुलित ढंगले आएको भन्दै समर्थन गर्न नसकिने बताउँदै आएका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि बजेटका विषयमा त्यति सन्तुष्ट छैनन्।

ranechhap