वि.सं.२०८३ वैशाख २० आइतवार

कोरोनाविरूद्ध खोप लगाउने सभामुख, मन्त्रीहरू र सांसदले आज

khanepani

काठमाडौं । प्रतिनिधि सभा बैठक आह्वान भएपछि सभामुख, मन्त्रीहरू र सांसदका लागि कोरोनाविरूद्ध खोप लगाइने भएको छ।

बुधबार उनीहरूलाई कोरोनाविरूद्ध खोप दिने तयारी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना तथा सञ्चार केन्द्रका अनुसार बुधबार बिहान १० बजेदेखि खोप लगाउन सुरू गरिन्छ।

सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उनीहरूलाई खोप दिने तयारी छ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतलाई कोरोनाविरूद्ध खोप दिएको थियो। भारत सरकारले अनुदानमा १० लाख डोज खोप दिएको थियो।

हालै नेपाल सरकारले २० लाख खोप खरिद गरेकोमा १० लाख डोज खोप भने नेपाल ल्याउन बाँकी नै छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी छन्।

प्रतिनिधि सभा बैठक कक्षमा सामाजिक दूरी र मास्क अनिवार्य गरिएको छ।

ranechhap