वि.सं.२०८३ असार ११ बिहीवार

राष्ट्रिय टिमका लागि कीर्तिमानी २००औं खेलमा रोनाल्डोको निर्णायक गोल

khanepani

काठमाडौ । काठमाडौ पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टिमबाट २००औं खेल खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन्।

मंगलबार राति युरो छनोटअन्तर्गत समूह ‘जे’ को खेलमा आइसल्यान्डविरुद्ध मैदान उत्रिएसँगै रोनाल्डोले पोर्चुगलको जर्सीमा २००औं खेल पूरा गरेका हुन्।

खेल सकिन एक मिनेट बाँकी छदा रोनाल्डोले निर्णायक गोल गर्दा पोर्चुगल १-० गोलले विजयी भयो।

यद्यपी सुरुमा रोनाल्डोको गोललाई अफसाइड घोषणा गरिए पनि भारमार्फत गोलको मान्यता दिइएको थियो।

त्यसअघि खेलको ८० मिनेटमा विलुम्सनले दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्दा आइसल्यान्ड दश खेलाडीमा सीमित बन्यो।

खेलमा रोनाल्डोलाई गिनिज वर्ल्ड रेकर्ड्सले कीर्तिमानको प्रमाणपत्र दिएको थियो। सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका रोनाल्डोले देशका लागि २० वर्ष खेल्दै सर्वाधिक खेलको कीर्तिमान बनाउदा खुसी लागेको बताए।

जितसँगै पोर्चुगलले समूहमा लगातार चार खेलमा जित निकाल्दै १२ अंक जोडेको छ।

ranechhap