वि.सं.२०८३ असार १ सोमवार

प्रस्तावित प्रधानन्यायाधीशको जवाफ : आरोप प्रमाणित भए राजीनामा दिन्छु

khanepani

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको बताएका छन् ।

संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए ।

जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए ।

उनले अघि भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’

ranechhap