वि.सं.२०८३ भदौ १४ आइतवार

सर्वोच्चमा जान मन थिएन तर तत्कालीन प्रधानन्यायाधीशले आग्रह गरेपछि गएँ : हरिकृष्ण कार्की

khanepani

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले उनले आफ्नो प्रष्टीकरण दिइरहेका छन् ।
कार्कीले आफू २०४० सालदेखि कानून व्यवसायमा संलग्न रहेको उल्लेख गर्दै राष्ट्रिय महत्त्व, राष्ट्र निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनले आफू सामाजिक अभियन्ता हुँदै नेपाल बारमा बसेर संवैधानिक सर्वोच्चता कायम गर्ने अवसर आफूले पाएका बताएका छन् ।

कानून व्यवसायी परिषद्को आवश्यकता अनुसार परिषद् ऐन ल्याउनमा आफ्नो पनि महत्त्वपूर्ण भूमिका रहेको कार्कीले बताए ।

बार अध्यक्ष भएर तीन वर्ष काम गरेको उल्लेख गर्दै उनले महान्यायाधिवक्ता भूमिका निर्वाह गर्ने अवसर आउँदा कार्यसमितिमा छलफल गरेर नै गएको बताए ।
आफू सर्वोच्चमा जाने मुडमा नभएपनि तत्कालीन प्रधानन्यायाधीशले भनेपछि गएको बताएका छन् ।

उनले भने, ‘सर्वोच्चमा प्रस्ताव आयो त्यसपश्चात् । तर इमानदार भएर भन्ला जाने मन थिएन , तर तत्कालीन प्रधानन्यायाधीशले आउनुहोस् जिम्मेवारी निर्वाह गर्नुहोस् भन्नुभयो र म त्यहाँ गएँ’

ranechhap