काठमाडौं । पूर्वाञ्चाल विश्वविद्यालयमा गरिएको तालाबन्दी र सेवा आयोगका अध्यक्षमाथि गरिएको दुर्व्यवहारप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै नेवि संघको नामबाट ३२ गतेबाट सुरु हुने परीक्षा बिथोल्ने गरी सो घटना भएको भन्दै विरोध जनाएका हुन् ।
विद्यार्थी संगठनहरु आफ्नो शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्नेमा प्राध्यापक/ कर्मचारीको नियुक्त र भागबण्डामा केन्द्रित हुनु विद्यार्थी आन्दोलनप्रतिको गद्दारी भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस्ता अराजक गतिविधि र भागबण्डाको विरुद्ध अनेरास्ववियु निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
नेविसंघले अनुचित र गैरकानूनी माग राख्दै विभिन्न डिन कार्यालयहरूमा गरेको तालाबन्दी तत्काल खोल्न पनि अपिल गरेको छ ।








































