वि.सं.२०८३ भदौ ७ आइतवार

बिप्लब समूहसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

khanepani

काठमाडौँ । सरकारले विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्यसहितको वार्ता टोली गठन भएको हो ।

विप्लब समूहले केही दिनअघि विज्ञप्ति मार्फत आफूहरु सरकारसँग वार्ता गर्न तयार रहेको जानकारी गराएको थिए ।

सरकारी अधिकारीहरुले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए ।

ranechhap