वि.सं.२०८३ भदौ १९ शुक्रवार

घुस अस्वीकार गर्ने १८ जना ट्राफिक प्रहरी सम्मानित

khanepani

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी पुरा गर्ने एक प्रहरी निरीक्षक ९इन्सपेक्टर०सहित १८ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ । उनिहरुलाई महाशाखाले आइतबार एक कार्यक्रम आयोजना गर्दै सम्मान गरेको हो ।

सम्मानित हुने मध्ये ६ जनालाई नगदसहित वृद्वि विकासमा समेत सहयोग पुग्नेगरी अभिलेखमा राखिने गरी पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेमा प्रहरी हवल्दार शम्भु बिश्वकर्मा, प्रहरी जवान अनिल महर, महेशराज पनेरु, रमेश सिंह बडाल, बिन्दा थापा र राम आवतार राम रहेका छन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशिलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कारबाही गरेको महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी जनक भट्टराईले जानकारी दिए ।

ट्राफिक नियम उल्लघन गर्ने चालकले कारबाहीबाट बच्न र कारवाही पछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दछन्, प्रलोभनमा नपरी त्यस्ता चालकलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी संगठनको छवी उच्च राख्ने ट्राफिक प्रहरीलाई सम्मान एव पुरस्कृत गरिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस कार्यले अन्य प्रहरी कर्मचारीमा समेत आर्थिक पारदर्शिता एव सुन्य शहनसिलता कायम गर्न र प्रलोभनमा पार्न खोज्ने चालकलाई कारबाहीको दायरामा ल्याउन थप सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको महाशाखाका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

ranechhap