वि.सं.२०८१ माघ २८ सोमवार

डडेल्धुरामा खानेपानीको विषयमा भएको विवादमा बालकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा विवाद हुँदा एक बालकको मृत्यु भएको छ ।

गए राती झरकाँडा भन्ने ठाउँमा भएको झगडामा घाइते भएका ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते बालकलाई उपचारका लागि धनगढी ल्याइए पनि शनिबार विहान ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।

घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘बालकका आफन्त र आरोपीलाई जिल्ला ल्याउदै छौं,” उनले भने।

Untitled