25, Sep, 2023

साताको अन्तिम कारोबारका दिन शुक्रबार तोलामा पाँच सयले घट्यो सुनको मूल्य

बागमती भ्वाइस न्युजडेस्क
१२ जेष्ठ २०८०, शुक्रबार १२:०० | ४ महिना अगाडी

काठमाडौं । साताको अन्तिम कारोबारका दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा पाँच सयले घटेर एक लाख आठ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने तोलामा एक लाख सात हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ४५ रुपैयाँ कायम भएको छ ।

१२ जेष्ठ २०८०, शुक्रबार १२:०० मा प्रकाशित