16, Jul, 2024

नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशिक्षण दिँदै

Bagmati Voice
संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार १०:०४ | १ साल अगाडी

काठमाडौं । नेकपा एमालेले आजबाट स्थानीय तहका पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई अनुशिक्षण दिँदैछ ।

च्यासलस्थित पार्टी कार्यालयमा हुने अनुशिक्षण दुई दिनसम्म सञ्चालन हुने बताएको छ । अनुशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

प्रशिक्षण कार्यक्रममा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरू सहभागी हुँदैछन् ।

स्थानीय तहको जनप्रतिनिधि र पार्टी कमिटीका बीचमा समन्वय नभएको गुनासो बढेपछि पार्टीले अनुशिक्षण राखेको हो ।

जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।

१२ जेष्ठ २०८०, शुक्रबार १०:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading