25, Sep, 2023

नवनियुक्त वनमन्त्री वीरेन्द्र महतो र शिक्षा राज्यमन्त्री कुमारीद्वारा शपथ ग्रहण

बागमती भ्वाइस न्युजडेस्क
१० जेष्ठ २०८०, बुधबार ११:३३ | ४ महिना अगाडी

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मङ्गलवार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

१० जेष्ठ २०८०, बुधबार ११:३३ मा प्रकाशित