24, Jun, 2024

पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज

Bagmati Voice
संवाददाता
१० जेष्ठ २०८०, बुधबार ०७:५८ | १ साल अगाडी

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरूको आज पद तथा गोपनीयताको शपथ हुँदैछ ।

राष्ट्रपति निवास, शीतल निवासमा नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको आज पद तथा गोपनीयताको शपथ ग्रहण हुन लागेको हो ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण बिहान १० बजे हुनेछ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका थिए ।

१० जेष्ठ २०८०, बुधबार ०७:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading