16, Jul, 2024

बजेटको प्रारम्भिक मस्यौदा तयार, भोलि राष्ट्रपतिसमक्ष व्रिफिङ गरिने

Bagmati Voice
संवाददाता
९ जेष्ठ २०८०, मंगलवार १२:०० | १ साल अगाडी

काठमाडौ । आगामी आर्थिक वर्ष (२०८०/८१) बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ । अर्थमन्त्रालयले जेठ ६ गते नै राष्ट्रपतिसमक्ष व्रिफिङको लागि मस्यौदा तयार गर्ने कार्यतालिका बनाएको थियो । सोहीअनुसार मस्यौदा तयार भएको अर्थ मन्त्रालयले जनाएको छ । योसँगै भोलि (बुधबार) अर्थमन्त्रीले राष्ट्रपतिसमक्ष मस्यौदा व्रिफिङ गर्ने छन् ।

कार्यतालिका अनुसार बुधबार नै व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमानसहित) अन्तिम रूप दिइनेछ । सोहीदिन व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको अंक रूजुसहित अन्तिम मस्यौदा तयार हुनेछ ।

अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्मा राष्ट्रपतिको समयअनुसार अर्थमन्त्रीले नै भेट्ने कार्यक्रम तय गर्ने भएकाले भेट्ने समय यताउता पनि हुन सक्ने बताउँछन् ।
अर्थमा सहसचिव भुपाल बराल संयोजकत्वको ६ जनाको टीम बजेट लेखनमा परिचालित छ ।

राष्ट्रिय योजना आयोगले आगामी बजेटका लागि १६ खर्ब ८८ अर्बको सिलिङ दिएको थियो । सरकारले आगामी बजेटको सिद्धान्त तथा प्राथमिकतासमेत सार्वजनिक गरिसकेको छ भने सरकारको नीति तथा कार्यक्रम पनि राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुबै सदमा पेश गरिसकेका छन् ।

आगामी १५ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदको दुबै सदनमा बजेट पेश गर्नेछन् । अहिले भने संसदमा नीति तथा कार्यक्रमकेन्द्रित छलफल भइरहेको छ ।

९ जेष्ठ २०८०, मंगलवार १२:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading