04, Oct, 2023

प्युठानमा वनको डढेलो बस्तीमा पस्दा ११ घर जलेर नष्ट

बागमती भ्वाइस न्युजडेस्क
८ जेष्ठ २०८०, सोमबार ०९:३७ | ४ महिना अगाडी

प्युठान । बनमा लागेको डढेलको बस्तीमा पस्दा ११ घर जलेर नष्ट भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ धनवाङस्थित जंंगलमा लागेको डढेलो बस्तीमा पसे पछि सो आगलागीमा परेर ११ घर जलेर नष्ट भएका हुन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ नजिकको धाइरेनी सामुदायिक वनमा सल्किएको आगो नजिकको मानवीय बस्तीमा पस्दा ११ घर तथा ८ गोठ जलेर नष्ट हुन पुगेको हो ।

सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा घर र गोठ जले पनि मानवीय क्षतिको भने कुनै जानकारी प्राप्त भइसकेको छैन ।

यद्दपि, स्थानीयसहित नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा आगलागी नियन्त्रण लिइएको छ । सो आगलागीबाट कति क्षति भयो रु त्यसको मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाइएको छ।

८ जेष्ठ २०८०, सोमबार ०९:३७ मा प्रकाशित