04, Oct, 2023

भ्रष्ट्राचार छानबिनको नाममा पाखण्डको राजनीति भइरहेको छ : हेमराज भण्डारी

बागमती भ्वाइस न्युजडेस्क
८ जेष्ठ २०८०, सोमबार ०८:३१ | ४ महिना अगाडी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका पूर्व नेता हेमराज भण्डारीले भ्रष्टाचार छानबिनका नाममा पाखण्ड मात्रै भइरहेको टिप्पणी गरेका छन् ।

धनकुटामा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी समेत दिएका भण्डारीले एकातिर सबै समयको भ्रष्टाचारको छानबिन गर्ने भन्ने अर्कोतिर भ्रष्टाचार मुद्दाको हदम्याद पाँच वर्षको हदम्याद गर्ने तयारी भएको भन्दै आक्रोश पोखेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एकातिर सस्तो लोकप्रियताको लागि सबै कालखण्डका भ्रष्टाचारको छानबिन र कारबाहीको भाषण गर्ने ! अर्कोतिर उनीहरू नै भ्रष्टाचार उजुरीमा ५ वर्षे हदम्यादको लागि कानून संशोधन गर्ने ? पाखण्डको राजनीति बन्द गर ।’

८ जेष्ठ २०८०, सोमबार ०८:३१ मा प्रकाशित