29, May, 2024

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै,दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

Bagmati Voice
संवाददाता
८ जेष्ठ २०८०, सोमबार ०७:४८ | १ साल अगाडी

काठमाडौं। आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

प्रतिनिधि सभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेपछि बस्दैछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिनिधि सभामा आयतबार नै छलफल सुरु भएको थियो । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । आज दुवै सभाका सदस्यहरू छलफलमा सहभागी हुनेछन् ।

८ जेष्ठ २०८०, सोमबार ०७:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading