25, Sep, 2023

ओलीलाई रास्वपा सांसद शाहको प्रश्न- शरणार्थी प्रकरणमा जेठ ४ मा खोल्छु भनेको रहस्य आज खुल्छ ?

बागमती भ्वाइस न्युजडेस्क
७ जेष्ठ २०८०, आईतवार १२:०७ | ४ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई तीन दलका शीर्ष नेताहरुले मिलेर लुकाउन खोजिएको आशंका व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणको चलचित्रमा थुप्रै पर्दाका खलनायकहरु देखा परेपनि धेरैलाई पर्दामा नल्याइ लुकाउने प्रयास भइरहेको बताए।

उनले कांग्रेस सांसद मञ्जु खाणलाई लक्षित गर्दै भने, ‘सो प्रकरणमा जोडिएर सम्पर्कविहिन भइन् भनिएको एक सांसद संसदमा उपस्थित भइन्। त्यसपछि उनलाई सोधपुछमा ल्याइयो कि ल्याइएन ? विभिन्न माध्यमबाट अडिओ समेत सार्वजनिक भएकाहरुसँग किन सोधपुछ गरिएन?’

उनले एमाले अध्यक्ष केपी ओलीले जेठ ४ मा खोल्ने भनिएको रहस्य आज खुल्छ कि खुल्दैन? भनेर प्रश्न गरे। प्रमुख तीन दल मिलेर कुरा मिलाएको गन्ध संसदसहित देशभरी फैलिदैको टिप्पणी गरे।

७ जेष्ठ २०८०, आईतवार १२:०७ मा प्रकाशित