16, Jul, 2024

प्रचण्डको प्रष्टोक्ति , शरणार्थी प्रकरण मिलाउन होइन, परिवर्तन जोगाउन तीन दल एक ठाउँमा बसेका हौं

Bagmati Voice
संवाददाता
६ जेष्ठ २०८०, शनिबार १४:०१ | १ साल अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन दलका शीर्ष नेताहरु बारम्बार बैठक बस्नुलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । उनले आफूहरु शरणार्थी प्रकरणका विषयमा छलफल गर्न नबसेको दाबी गरे ।

आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताले सात दशकभन्दा बढी संघर्ष गरेर ल्याएको परिवर्तनलाई उल्टाउने दुस्साहस भइरहेको बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिष भइरहेको धेरथोर महसुस हामी सबैले गरेका छौं । हामी तीन पार्टी त्यसरी बस्नुको तात्पर्य १२ बुँदे सहमति हुँदै गणतन्त्रसम्म एक साथ उभिएका प्रमुख शक्तिहरु परिवर्तनको रक्षाका निम्ति पनि एक ठाउँमा उभिनुपर्छ भनेर हो ।’

उनले तीन शीर्ष नेताको छलफलको अर्को विषय संसद सुचारु गराउन रहेको प्रष्ट्याए । शरणार्थी प्रकरणका सन्दर्भमा भने प्रहरी अनुसन्धानलाई सघाउनेमा कसैको विमति नरहेको प्रचण्डको भनाइ थियो ।

‘दोषी कोही नछुटोस र निर्दोष कोही नपरोस भन्नेमा हामी सबै सहमत छौं,’ उनले भने ।

६ जेष्ठ २०८०, शनिबार १४:०१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading