25, Sep, 2023

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

बागमती भ्वाइस न्युजडेस्क
५ जेष्ठ २०८०, शुक्रबार १२:२४ | ४ महिना अगाडी

दाङ । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा

मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका प्रहरीले जनाएको छ ।

रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।

दुर्घटनामा मुसिकोट नगरपालिका–१४ का चन्द्रबहादुर खड्का र सानीभेरी गाउँपालिका–११ का शेरबहादुर विक घाइत भएका छन् । घाइते मध्ये खड्काको रुकुमको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ भने विकलाई नेपालगञ्ज लगिएको छ ।

५ जेष्ठ २०८०, शुक्रबार १२:२४ मा प्रकाशित