16, Jul, 2024

सन्‌राइज बैंकद्वारा चुरे र डडेल्धुरा बजारमा प्रहरी बिट निर्माण

Bagmati Voice
संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ११:४४ | १ साल अगाडी

काठमाडौं । सन्‌राइज बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा प्रहरी बिट निर्माण गरेको छ ।

बुधबार र शुक्रबार छुट्टाछट्टै कार्यक्रम गर्दै बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले प्रहरी बिट हस्तान्तरण गरेका हुन् । सर्वसाधारण र चल्ने यातायातको सुरक्षाको लागि वडा कार्यालय र इलाका प्रहरीसंग समन्वय गरी १–१ थान प्रहरी बिट निमाण गरिएको बैंकले जनाएको छ ।

गाउँपालिकामा निर्मित प्रहरी बिट हस्तान्तरण कार्यक्रममा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुुर बोगटी, इलाका प्रहरी कार्यालय फलटुडे कैलालीका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्म सिंह बिष्ट र चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र खडायतको उपस्थिति रहेको जनाइएको छ ।

त्यस्तै, डडेल्धुराको कार्यक्रममा अमरगढी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टंक बहादुर क्षेत्री र प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टकोे उपस्थितीमा प्रहरी बिट हस्तान्तरण गरिएको हो ।

नायब उपरीक्षक भट्टका अनुसार बैंकले गरेको सहयोगले प्रहरी जाँच र राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई सुरक्षा र सहजता हुने विश्वास रहेको छ ।

५ जेष्ठ २०८०, शुक्रबार ११:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading