22, Sep, 2023

सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा शक्तिकुमार वेगानी चयन

बागमती भ्वाइस न्युजडेस्क
४ जेष्ठ २०८०, बिहीबार १७:०२ | ४ महिना अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सूचना तथा संचार प्रविधि विकास समितिमा शक्तिकुमार वेगानी चयन भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम वेगानीलाई उक्त समितिको सभापतिमा चयन गरेका हो । सूचना तथा प्रविधि क्षत्रमा जानकार रहेका उनी मुलुकको प्रतिष्ठित व्यापारिक घराना भित्र पर्दछन ।

दुईपटक महासंघको कार्यकारिणी सदस्यमा निर्वार्चित उनी श्री गणपति ज्वलेर्सका अध्यक्ष र वेगानी ग्रुपका प्रबन्ध निर्देशक रहेका छन् । उनी हाल एक दर्जनभन्दा बढी व्यवसायमा संमलग्न रहेका छन् ।

‘मेरो कार्यकालमा सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोगमा ल्याइनेछ’, उनले भने, ‘यसको अधिकतम विकासलाई लागि मेरो समितिले अहम भूमिका खेल्नेछ ।’ यसअघि महासंघको बैंक फाइनान्स तथा इन्सुरेन्स समितिको उपाध्यक्ष भइ उनले काम गरेका थिए ।

मनोनयनको प्रमाणपत्र वितरण गदै महासंघका अध्यक्ष ढकालले अहिलेको अवस्थामा सूचना तथा संचार प्रविधि विकास समितिको सभापतिमा वेगानीको चयनसँगै सूचना प्रविधि क्षेत्रको अधिकतम प्रयोगसहित महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त्त रुपमा अघि बढाउन सहयोग पुग्ने दाबी गरे ।

४ जेष्ठ २०८०, बिहीबार १७:०२ मा प्रकाशित